२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कर्णाली केन्द्रीत सप्ताहव्यापी कार्यक्रम सम्पन्न : १० लाख ८ हजारको छात्रवृत्ति वितरण

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले विश्व वातावरण दिवसको अवसरमा २०८० जेठ २३ देखि सुरु गरेको सप्ताहव्यापी कर्णाली केन्द्रीत हिमालय बचाउँ : नदी जोगाउँ अभियान र बालिका छात्रवृत्ति अभियान सम्पन्न भएको छ । जेठ २३ गते सुर्खेतबाट दीप प्रज्वलनसहित प्रारम्भ भएको हिमालय बचाउँ : नदी जोगाउँ अभियान अन्तर्गत कालिकोटको मान्म, मुगुको गमगढी र जुम्लाको खलंगाबजारमा शान्ति समाजले तयार गरेको अवधारणापत्र वितरणसहित प्रदर्शन र कोण सभा सम्पन्न भएको थियो ।

अभियानमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, का।वा। सभापति कृष्णबहादुर रावल, सल्लाहकार एवं निवर्तमान सभापति गोविन्द खनाल, कर्णाली प्रदेश सचिव प्रकाश शाही, केन्द्रीय सदस्य अरुण ज्ञवाली र आजीवन सदस्य एस आर पाण्डे सम्मिलित हुनुहुन्थ्यो । यसैगरी शान्ति समाजले छोरी पढाऔँ स् गरिमा बढाऔँ भन्ने आह्वानसहित शुरु गरेको कर्णाली प्रदेश केन्द्रीत ३ वर्षे बालिका छात्रवृत्ति अभियान अन्तर्गत कर्णाली प्रदेशका ६ जिल्लाका ८४ जना दलित समुदायका बालिकालाई पहिलो वर्षको छात्रवृत्ति रकम रु। १० लाख ८ हजार वितरण गरिएको छ ।

जेठ २४ देखि जेठ २९ सम्म कालिकोटको शुभपालिकास्थित पञ्चकालिका मा.वि.का १३ जना, खाडचक्र मान्मस्थित जनजीवन मा।वि।का १६ जना, जुम्लाको मष्टामडुस्थित अन्नपूर्ण मा।वि।का १० जना, लुड्कुस्थित कनकासुन्दरी मा।वि।का १२ जना, मुगुको महाकाली नमुना मा।वि।का ८ जना, नेपाल राष्ट्रिय मिन मा।वि। भारेकोटका ३ जना, दैलेखको महादेव मा।वि। तल्लो डुंगेश्वरका १० जना र सुर्खेतमा आश्रय लिइरहेका बादी समुदायका ६ जना कक्षा ६ मा अध्यनरत दलित समुदायका ७८ जना बालिकालाई रु। १२ हजारका दरले पहिलो वर्षको छात्रवृत्ति रकम शान्ति समाजको टोलीले सम्बिन्धित बालिकाहरुलाई प्रदान गरेको थियो ।

यसैगरी हुम्लाको सर्केगाडस्थित अंशुवर्मा आधारभुत विद्यालयका ३ जना र हुम्लाकै श्री हिमज्योति मा।वि सर्केगार्डका ३ जना गरि ६ जना दलित समुदायका बालिकालाई छात्रवृत्ति वितरण गर्न विद्यालय सम्बन्धित व्यक्तिलाई बैकबाट रकम पठाइएको छ । यसप्रकार शान्ति समाजले कर्णाली केन्द्रीत ३ वर्षे बालिका छात्रवृत्ति अभियान अन्तर्गत ८४ जनालाई रु। १० लाख ८ हजारको छात्रवृत्ति वितरण गरेको छ । यो अभियानको संयोजन शान्ति समाज कर्णाली प्रदेश सचिव प्रकाश शाहीले गर्नुभएको थियो ।

कर्णाली केन्द्रीत ३ वर्षे छात्रवृत्तिका लागि शान्ति समाजका सचिव रामप्रसाद जोशी, मोरङ शाखा सभापति प्रा।डा। जीवन ढकाल, सदस्य तथा शुभचिन्तकहरु दानबहादुर रोकाय, रणबहादुर खड्का, यामबहादुर श्रेष्ठ, कृष्णा न्यौपाने भुसाल, घनश्याम खड्का, युद्ध कोइराला, डा। ललितजंग शाही, एस आर पाण्डे, केशरीकुमारी बस्नेत, ईश्वर सापकोटा लगायत ७८ जनाले छात्रवृत्ति रकम सहयोग गर्नुभएको छ । यससँगै शान्ति समाजले शुरु गरेको ५ वर्षे र ३ वर्षे छात्रवृत्ति संख्या १२१ पुगेको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस