२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गायक राजु लामाले उपल्लो मुस्ताङमा रोपे ३ हजार भोटेपिपलका बिरुवा, सुख्खा मरुभूमि हरियो भए दुनियाँ चकित

काठमाडौं । मंगोलियन हार्ट ब्याण्डका गायक राजु लामा संगीत मात्र होइन, पछिल्लो समय वातावरणीय अभियन्ताको रुपमा समेत सक्रिय छन् । जलवायु संकट र प्राकृतिक विपत्तिविरुद्ध एकजुट हुनेबारे विश्वलाई सन्देश दिन गत वर्ष उनले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरे ।

गत साता ‘हिमालले डाक्यो मलाई’ गीत सार्वजनिक गर्दै उनले जलवायु अभियानमा संगीतमार्फत सन्देश दिने प्रयत्न गरे । उनका पछिल्ला कार्यहरु संगीतमार्फत वातावरण संरक्षणका लागि केन्द्रित छन् । सगरमाथामाथी विजयपछि फर्किएका उनले एक लाख बिरुवा रोप्ने घोषणा गरेका थिए ।

सोही प्रतिबद्धतालाई निरन्तरता दिंदै उनले जेठ १२ गते राजु लामा फाउण्डेसनबाट उपल्लो मुस्ताङको लोमान्थाङमा तीन हजार भोटे पिपल जातका विरुवा रोपे । स्थानीयसँगको सहकार्यमा उनले उक्त क्षेत्रको पर्यावरण जगेर्ना गर्न वृक्षारोपण गरेको जनाएका छन् । प्राप्त तस्वीरमा राजुलाई गैंती बेल्चा लिएर बिरुवा रोपिरहेको देख्न सकिन्छ । ‘रुख रोपौं, आशा रोपौं’ नारासहित वृक्षारोपण गरिएको हो । उपल्लो मुस्ताङको पर्यटकीय थलो लोमान्थाङले पछिल्लो समय सुख्खा र खानेपानी संकटको सामना गरिरहेको छ । सुख्खा मरुभूमी भनेर चिनिने यो स्थान हरियो भए दुनियाँ चकित हुनेछ ।

singer raju lama planted 3000 native saplings Populus ciliata ( Bhote Pipal) in Lomanthang Mustang

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस