२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो छ आज दिनभरसहित आगामी तीन दिनको मौसम

weather forecast nepal

काठमाडौं । अहिले कोशी, बाग्मती, गण्डकी र मधेस प्रदेशका पूर्वी क्षेत्रका केही ठाउँमा पानी परिरहेको छ । यी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो । पनी पर्न सुरु भए पनि मनसुनी गतिविधि सुरु नभएको उहाँले बताउनुभयो । उहाँका अनुसार प्रि–मनसुनी गतिविधिकै कारण यी क्षेत्रको मौसम बदली भई पानी पर्न थालेको हो ।

गए राति (आइतवार) काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा पानी परेको थियो । पानी पार्ने प्रणाली पश्चिमी क्षेत्रबाट पूर्वी क्षेत्रमा सरिरहेको छ । मनसुनी गतिविधिमा पूर्वबाट पश्चिमतर्फ प्रणाली सर्छ । त्यसैले यसलाई मनसुनी गतिविधि भन्न नमिल्ने मौसमविद् प्रधानाङ्गले बताउनुभयो । मनसुनी गतिविधि एकरदुई दिनमा सुरु हुने उहाँले जानकारी दिनुभयो ।

समान्यतया नेपालमा जुन १३ तारिखमा मनसुन भित्रिन्छ । तर एक–दुई दिन भने तलमाथि हुन सक्ने मौसमविद्ले बताएका छन् । आज जुन १२ तारिख हो । मौसम बदली हुन थालेसँगै अधिकतम तापक्रम घट्न थालेको छ । यसले केही शीतल बनाएको छ । तर यो प्रणालीको असर मध्य र पश्चिम तराईमा भने नपरेकाले त्यहाँ आज पनि तातो हावा, ुलूु चल्ने अनुमान छ ।

मौसम विश्लेषण (Meteorological Analysis): मनसुन न्यून चापिय रेखा (Axis of Monsoon Trough) नेपालको तराई भू-भागमा अवस्थित छ जसको कारण मनसुनि गतिविधि देशभर सक्रिय (Active) रहेको छ ।

देशभर समग्र मौसमको अवस्था (Present Weather Status): हाल देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य देखि पूर्णतया वदली रहेको छ भने पश्चिमी भू-भागमा आंशिक देखि सामान्य वदली रहेको छ। पश्चिमी भूभागका तथा मध्य भू-भागका केहि स्थानहरु तथा पूर्वी भू-भागका धेरै स्थानहरुमा मनसूनी वर्ष भैरहेको छ ।

 

आगामि तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):

असार २९ गते (आईतबार)

राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पूर्व र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।

 

असार ३० गते (सोमबार)

दिउँसो: देशभर सामान्य देखि पूर्णतया वदलि रही देशका धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिम तथा मध्य क्षेत्रका थोरै स्थानमा र पूर्वका एक वा दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।

राति: देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक वा दुई स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।

 

असार ३१ गते (मंगलबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण वदलि रही केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको मध्य र पश्चिमका क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ।

राति: देशभर सामान्य देखि पूर्ण वदलि रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिमी क्षेत्रका एक वा दुइ स्थानमा भारि वर्षा (Heavy rainfall) हुने सम्भावना छ ।

 

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.): देशको पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानहरुमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ। यसको कारणले गर्दा देशको पहाडी भू-भागमा पहिरो जान सक्ने तथा तराइमा वहने नदीहरुमा जलको वहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेको देखिन्छ। साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने भएकोले सामान्य सतर्कता अपनाउनुपर्ने देखिन्छ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस