२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रहरीलाई ‘जँड्याहा’ भनेर लेख्ने पत्रकार मापसेमा पक्राउ

काठमाडौं । पत्रकार दिपकराज जोशी पक्राउ परेका छन् । फेसबुकमा जथाभावी स्टाटस लेखेको भन्दै प्रहरीले उनलाई कीर्तिपुरबाट पक्राउ गरेको हो । उनले हिजो राति बर्दीमा रहेका दुई जना प्रहरी मातेर हिँडेको स्टाटस लेखेका थिए । तर प्रहरीले उनको मापसे परीक्षणसमेत गराएको र मापसे परीक्षण पुष्टि भएको जनाएको छ ।

ड्युटीमा रहेका प्रहरीले मापसे नगरेको त्यहाँका डिएसपी राजु लामाले बताए । जोशीलाई सामाजिक सञ्जालमा जथाभावी लेखेको आरोपमा विद्युतीय ऐनबमोजिम कारवाहीको तयारी भएको बताइएको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस