२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंका शाक्यले गरे आफ्नै दाइको हत्या

काठमाडौं । आफ्नै दाइ ४५ वर्षीय सूर्य शाक्यको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ ओमबहाल माथेमा चोक बस्ने सुरज शाक्यलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवाद हुँदा सुरज शाक्यले धारिलो हतियार प्रहार गर्दा सूर्य शाक्यको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले सुरज शाक्यलाई काठमाडौं असनबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस