२०८१ बैशाख ३० गते आइतवार | 2024 May 12th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

करिब ४२ किलोमिटर टाढाको कोकाहा खोलाबाट मध्यराती १२ बजेर ३ मिनेटमा धरानमा पानी खस्दा खुसीले रोए मेयर

काठमाडौं । खानेपानीको चरम अभाव भोगिरहेका बेला धरानमा मेयर हर्क साम्पाङले श्रमदान अभियान चलाएर करिब ४२ किलोमिटर दुरीबाट कोकाहा खोलाको पानी ल्याउन सफल हुनुभएको छ । श्रमदान अभियान सुरु गरेको ९८ औं दिनमा गएको मध्यराती १२ बजेर ३ मिनेटमा कोकाहाको पानी धरान २० मा खसेको छ । राजनीतिक दल, दलका नेताहरु एवं मेयर साम्पाङका आलोचकहरुले निरन्तर आलोचना गरिरहे पनि श्रमदान अभियानबाट नै कोकाहाको पानी ल्याउन मेयर साम्पाङ सफल हुनुभयो ।

मध्यराती १२ बजेर ३ मिनेटमा कोकाहाको पानी पकुवा खोलामा वास आउट गर्न खसालिएको श्रमदान अभियानका प्रोजेक्ट मेनेजर दत्तकुमार लिम्बुले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मानिसहरुले हामीलाई अनेक कुराहरु गरे, विरोध गरे तर कोकाहाको पानी ल्याएरै छोड्यौं।’

कोकाहा खोलाको मुहान धरानको वडा नं २० स्थित हात्तिसारमा नै पर्छ। उक्त मुहान क्षेत्रबाट भञ्ज्याङ लिफ्ट गरेर पानी ल्याउन सकिने भएपनि विजुलीमा अत्यधिक खर्च हुने भएपछि मेयर साम्पाङले विकल्पमा ग्राभेटि फ्लो मार्फत नै पाइपलाइन विछ्याएर पानी ल्याउनुभयो । पाइपलाइन छिमेकी नगर बराहक्षेत्रको भुभाग हुदै करिब ४२ किलोमिटर विछ्याइएको छ। गएराती पानी खसेको पकुवा खोलासम्म ३५ किलोमिटर दुरी रहेको धरान खानेपानी व्यवस्थापन बोर्डका सबइञ्जिनियर सुसन थापाले जानकारी दिनुभयो । मध्यराती १२ बजेर ३ मिनेटमा धरानमा पानी खस्दा मेयर साम्पाङ खुशीले रुनुभयो । उहाँसँगै अधिकांश धरानेमा खुशीको आँशु आएको थियो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस