२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आईपीओ निष्कासन गर्दै दोभान हाइड्रोपावर, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

IPO Share

काठमाडौं । दोभान हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले जारी पुँजी रू।७६ करोड को ३० प्रतिशतले हुन आउने रकम बराबरको आईपीओ ल्याउन लागेको हो । कम्पनीले १०० अंकित दरका कुल २२ लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।

यो आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारी गरिरहेका नेपाली, सर्वसाधारण तथा कम्पनीकमा कार्यरत कामदार र कर्मचारीलाई जारी गर्ने कम्पनीले जनाएको छ ।

आईपीओ निष्कासन गर्नका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई आईपीओ निष्कासन तथा बिक्रि प्रबन्धकका रुपमा नियुक्त गरेको छ । यस सम्बन्धी सम्झौतापत्रमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसे र हाइड्रोपावरका तर्फबाट प्रवन्ध सञ्चालक पुरन्जन राईले हस्ताक्षर गर्नुभएको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको जुनवेशी खोलाको पानिको बहाव सदुपयोग हुने गरी ५.२ मे.वा. क्षमताको जुनवेशी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सोही आयोजनामा आईपीओबाट प्राप्त रकम लगानी गरिने कम्पनीले जनाएको छ ।

यस आयोजनाबाट उत्पादन हुने विद्युतीय ऊर्जालाई नेपाल विद्युत प्राधिकरणको १३२ केभी तिङ्गला लमाने सबस्टेसन मार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ । कम्पनीद्वारा निर्माणाधीन उक्त आयोजनाको निर्माण प्रगति हालसम्म करिब ७५ प्रतिशतको हाराहारीमा रहेको छ । कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिएर स्वीकृती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस