२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विदेशी भूमिमा पुगेपछि नेपाल युएईसँग पराजित, रोहन मुस्ताफा चम्किए

काठमाडौं । नेपाल आइसिसी विश्वकप एकदिवसीय विश्वकप छनोटअघि वार्मअप खेलमा युनाइटेड अरव इमिरेट्स (युएई) सँग पराजित व्यहोरेको छ । घरेलु मैदानमा सोही टोलीलाई बारम्बार जितेर उपाधि समेत हात पारेको नेपालले घर बाहिर पराजय भोग्यो ।

जिम्बाब्वेको हरारेमा मंगलबार भएको खेलमा नेपालविरुद्ध युएई ३ विकेटले विजयी भएको हो । नेपालले जितका लागि दिएको २७७ रनको लक्ष्य युएईले ४९ दशमलब ५ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । युएईको जितमा रोहन मुस्ताफाले सर्वाधिक ७८ रनको अर्धशतकीय ईनिङ खेले ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल ४९ दशमलब ५ ओभरमा अलआउट हुँदै २७६ रन बनाएको थियो । नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ५७ रनको अर्धशतकीय ईनिङ खेले । त्यस्तै, कुशल मल्लले ४६ रन बनाउँदा कुशल भुर्तेल ३९ रन तथा आरिफ शेखले ३५ रन बनाएका थिए ।

नेपालको अभ्यास खेलमा यो लगातार तेस्रो हार हो । नेपाल कमजोर ब्याटिङकै कारण दक्षिण अफ्रिकामा भएको अभ्यास खेलमा स्कटल्यान्ड र नेदरल्यान्ड्स पराजित भएको थियो । नेपालले अन्तिम वार्मअप खेल बिहीबार ओमानसँग खेल्नेछ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस