२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कान्तिपुर टेलिभिजन र सानिमा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

IPO Share

काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्क र सानिमा हाइड्रोपावर कम्पनीले प्राथमिक (आईपीओ) निष्कासनको अनुमति माग गर्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।

सानिमा हाइड्रोपावर लिमिटेडले २६ जेठमा १४ करोड ७० लाख रुपैयाँ बराबरको १४ लाख ७० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा आईपीओ निष्कासन गर्न अनुमति माग गरेको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि उक्त सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ । यस्तै कान्तिपुर टेलिभिजन नटवर्क लिमिटेडले २८ जेठमा आईपीओ निष्कासनको अनुमति माग गर्दै आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको हो । धितोपत्र बोर्डले स्वीकृति दिएपछि दुवै कम्पनीले साधारण सेयर निष्कासन खुला गर्नेछन् ।

आईपीओ निष्कासनका लागि दुवै कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस