२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फरवार्ड सावित्रा भण्डारी युरोपेली क्लबमा आबद्ध, युरोपियन लिग खेल्ने पहिलो नेपाली बनिन्

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी युरोपेली क्लबमा आबद्ध भएकी छिन् । सावित्राले आगामी सिजनका लागि इजरायलको शीर्ष डिभिजन क्लब हापोएल रानानासँग सम्झौता गरेकी हुन् ।

क्लबले सामाजिक सञ्जालमार्फत् सावित्रालाई अनुबन्ध गरेको जनाएको हो । यसअघि भारतीय लिगमा उत्कृष्ट प्रदर्शन गर्दै आएकी सावित्रा यसपल्ट युरोपियन लिगमा अनुबन्ध भएकी हुन् । उनी युरोपियन लिग खेल्ने पहिलो नेपाली खेलाडीसमेत बनिन् ।

भारतीय शीर्ष डिभिजन लिगको गत सिजनमा सावित्राले १० खेलमा २९ गोल गरेकी थिइन् । उनको उत्कृष्ट प्रदर्शन मद्दतमा गोकुलम केरलाले लगातार दोस्रोपटक उपाधि जितेको थियो । सावित्राले नेपाल एपिएफ क्लबबाट घरेलु लिग खेल्दै आएकी छिन् ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस