२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रचण्ड र म विरुद्धको मुद्दा फेरि द्वन्द्व फर्काउने चलखेल : डा. बाबुराम भट्टराई

Baburam Bhattarai Prachanda

गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफू र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्चमा परेको रिटलाई गम्भीरतापूर्वक नलिएको बताउनुभएको छ । बुधबार गृहजिल्ला गोरखामा पत्रकारहरुसँग कुरा गर्दै तर त्यो रिट पुरानो घाउ कोट्याएर देशलाई फेरि द्वन्द्वतिर फर्काउने चलखेल भएको भट्टराईको दावी छ ।

 

‘प्रचण्ड र मलाई मुद्धा हालेको बिषय यो एक प्रकारको पुरानो घाउलाई कोट्याएर देशलाई फेरि द्वन्द्वतिर फर्काउने केही शक्तिहरुको चलखेल छ, त्यसमै केही पात्रहरुलाई उभ्याएको मात्र हो,’ उहाँले भन्नुभयो, ‘यसलाई म गम्भीरतापूर्वक लिन चाहन्न ।’

 

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस