२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमालेले मधेसमा थाप्यो ढोक्सा

जनकपुर । प्रमुख प्रतिपक्षी एमालेले मधेसमा मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिएर ढोक्सा थापेको छ । दोस्रोपटक विश्वासको मतका लागि सदनको सामना गर्नुभएका यादवलाई मंगलबार प्रतिपक्षी एमालेले पनि विश्वासको मत दिएपछि विपक्षमा कोही रहेन । उहाँलाई सिंगो सदनका १०३ सांसद (उपस्थित) ले मत दिनुभयो । यादव गत पुस २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सोही अनुसार उहाँले माघ ४ गते विश्वासको मत लिनुभयो । त्यतिबेला मतदानमा सहभागी १०२ मध्ये सबैले उहाँलाई विश्वासको मत दिएका थिए।

तर, राष्ट्रपति निर्वाचनमा गठबन्धन फेरिएपछि २१ चैतमा एमाले मधेस सरकारबाट बाहिरिएको थियो । एमालेले जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादवले विश्वासको मत लिनुभएको हो । तर, एमालेले विश्वासको मत दिएर चकित पारिदिएको छ ।

किन दियो मत ?
प्रदेशसभामा १०७ जना सांसद रहेकोमा बहुमतको लागि ५४ जना सांसदको आवश्यकता पर्छ । अहिले मधेसमा गठबन्धनको सरकार रहे पनि असन्तुष्ट रहेको माओवादीले सरकार छाड्ने चेतावनी दिइरहेको छ । जसपा नेतृत्वको सरकारले जनमतका मन्त्रीलाई विना विभागीय बनाइदिएपछि असन्तुष्ट छ । मुख्यमन्त्री यादवले हालै मात्र कांग्रेस, लोसपा र एकीकृत समाजवादी समेटेर सरकार विस्तार गर्नुभएको थियो ।

यही लफडा देखेर एमालेले जसपा मुख्यमन्त्रीलाई विश्वासको मत दिएको हो । ‘केन्द्रमा कांग्रेस प्रतिपक्षमा छँदा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो । पछि समीकरण पनि त्यही अनुसार बनेको थियो,’ एमालेका एक नेता भन्नुहुन्छ, ‘अहिले मधेसमा गठबन्धनभित्र मेल छैन, हामीले ढोक्सा थापेको भन्न मिल्छ । यदी परिस्थिति बनेन भने समर्थन फिर्ता लिन सकिन्छ ।’

मधेसमा सरकार गठनका लागि मधेसमा ५४ सिट आवश्यक हुन्छ। यहाँ एमाले २३ सिटका साथ पहिलो हो । मधेस प्रदेशमा ६ स्वतन्त्र सांसद रहेका छन् । समानुपातिकतर्फ १० वटा दलको प्रतिनिधित्व रहेको छ । जसमा जसपाको १६, जनमतको १३, नेपाल संघीय समाजवादी, राप्रपा र नागरिक उन्मुक्ति पार्टीको १–१ स्थानमा रहेको छ । The main opposition

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस