२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज नम्रता श्रेष्ठको जन्मदिन : जानौं उनको बारेमा रोचक कुरा

काठमाडौं । आज अभिनेत्री नम्रता श्रेष्ठको जन्मदिन । आजबाट उनी ३६ पुगेर ३७ वर्षमा प्रबेश गरेकी हुन् । उनी सानो संसार बाट चलचित्र जगतमा भित्रिएकी हुन् । तर उनलाई सफलता भने चलचित्र मेरो एउटा साथी छ बाट मिलेको हो । मेरो एउटा साथी छ पछि नम्रताले अहिलेसम्म पछाडी फर्केर हेर्नुपरेको छैन ।

यो चलचित्रलाई नम्रताको टर्निङ पोइन्ट पनि भन्न सकिन्छ । उनलार्इ दर्शकले निकै मन पराउने गरेका छन् । उनको अभिनय र सुन्दरताको सधैँभरि प्रशंसा हुने गरेको छ । आज उनको जन्मदिन परेकाले उनलाई सबैले जन्मदिनको शुभकामना पनि दिइरहेका छन् । हाम्रो तर्फबाट पनि नम्रतालाई जन्मदिनको धेरै धेरै शुभकामना ।

उनी आफ्नो विगत सम्झन चाहन्नन् । उनले जीवनमा जतिपनि काम गरेकी छिन्, आफ्नो खुशीको लागि नै गरेकी छिन् । उनले जस्तोसुकै अवस्थामा पनि हिम्मत भने हारिनन् । जसका कारण आज उनी यो स्थानसम्म छिन् ।

तर कुनै समयमा नम्रता आफैलाई मार्ने सोचमा पुगेकी थिइन् । सबैतिरबाट समस्या आएपछि उनको मनमा आत्महत्या गर्ने ख्याल समेत आएको थियो । तर उनले आफूलाई बलियो बनाइन् र समस्याको समाधान गरिन् ।

उनी कुनैसमयमा डिप्रेशनमा गएकी थिइन् । जसका कारण उनको मनमा आत्महत्याको सोच आएको थियो । तर नम्रता त्यस समय त्यो सोच आउनु नै गलत भएको बताउँछिन् । अहिलेपनि उनी विभिन्न चलचित्र र सम्बन्धित काममा व्यस्त छिन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस