२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा रातभर बर्षा, यस्तो छ आगामी २४ घण्टाको मौसम

weather forecast nepal today

काठमाडौं । गएराति राजधानी काठमाडौंमा रातभर बर्षा भएको छ । ह्वात्तै बढेको गर्मी शान्त भएको छ । आज पनि तराईमा भने प्रचण्ड गर्मी यथावत रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार खासगरी, मध्य र पश्‍चिम तराईमा अत्यधिक गर्मी कायम रहने देखिएको छ। कोशी, वागमती र गण्डकीका थोरै स्थान तथा मधेश प्रदेशलगायत देशका बाँकी पहाडी भेगका केही स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

पश्‍चिमी वायु र भारतको बिहारमा विकसित न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी इलाकामा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। कोशी, वागमती र गण्डकीका केही तथा मधेश प्रदेशलगायत बाँकी पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज राति कोशी प्रदेशलगायत पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम सफा रहने छ। कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेशलगायत बाँकी पहाडी भेगका १(२ स्थानमा पनि मेघ गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस