२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फिल्म ‘आदिपुरुष’को ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म हिन्दी फिल्म चल्न दिन्नौँः बालेन

Adipurush movie balen shah

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह (बालेन्द्र) ले भारतीय चलचित्र ‘आदिपुरुष’मा समावेश गरिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटाएसम्म महानगरभित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिने बताउनुभएको छ ।

उहाँले बिहीबार साँझ सामाजिक सञ्जालमार्फत यस्तो चेतावनी दिनुभएको हो । ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभइ भारतमा पनि सच्चिदैन, तबसम्म काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन,’ उहाँले भन्नुभएको छ ।

उहाँले उक्त शब्द सच्याउन तीन दिनको समयसमेत दिनुभएको छ । उहाँले भन्नुभएको छ, ‘यो सच्याउन तीन दिनको समय दिइएको छ। माता सीताको जय होस्।’ ओम राउतको निर्देशनमा बनेको चलचित्र भोलि शुक्रबारदेखि रिलिज हुँदैछ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस