२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दलितका छोराले छोरी भगाएको भन्दै केटाकी आमा अपहरण

जनकपुरधाम । प्रेम सम्बन्धमा रहेका सिरहाका १९ वर्षीय कमलेश महरा र १८ वर्षीया नेहा कापरले भागेर बिहे गरे । २३ चैतमा भागेका उनीहरु अहिलेसम्म सार्वजनिक भएका छैनन् । तर गैरदलितको छोरी भगाएको भन्दै केटीपक्षले केटाकी आमाको अपहरण गरेको पाइएको छ ।

सिरहाको मिर्चैया नगरपालिका–१ की ४५ वर्षीया राजकुमारी महरा मंगलबार बन्दीपुरस्थित भुल्केचोकबाट अपहरणमा परेकी थिइन् । कमलेशकी आमा राजकुमारीलाई बुधबार राति साढे ८ बजे अपहरण मुक्त गरिएको इलाका प्रहरी कार्यालय, मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

अपहरणमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका–१० की ललिता कापर, मनोज कापर र सुवेल अंशारी रहेको डीएसपी वस्नेतले बताउनुभयो । ललिता, नेहा कापरकी आमा हुन् । डीएसपी बस्नेतका अनुसार राजकुमारी ट्याम्पुमा आफन्तसित धनुषाबाट आउँदै गरेको थाहा पाएपछि ललिलतासहित ८ जनाको समूहले अपहरण गरेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस