२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चर्चित कलाकार बल्छी धुर्वे पक्राउ

काठमाडौं ।चर्चित कलाकार बल्छी धुर्वे पक्राउ परेका छन् । अवैध सट्टेबाजीमा संलग्न भएको आरोपमा हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) लगायत ८ जना पक्राउ परेका छन् ।

श्रेष्ठसहित अनलाइन बेटिङ कम्पनी ‘वान एक्स बेट’मा विज्ञापन र सट्टेबाजी गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुबारे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूको नाम गोप्य राखेको छ । अदालतबाट म्याद थप गरेपछि सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।

पछिल्लो समय केही कलाकारहरु वान एक्स बेटको विज्ञापन गर्दै आएका थिए । सामाजिक सञ्जालका भिडियोमार्फत उनीहरुले विज्ञापन गरेको आरोप छ । बुधबार मात्रै प्रहरीले वान एक्स बेटमार्फत ६४ करोडको अवैध कारोबार गरेको फेला पारेको थियो । उक्त अवैध कारबार फेला परेपछि कलाकार श्रेष्ठ पनि तानिएका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस