
काठमाडौं । मौसम विज्ञान विभागले काठमाडौं, धादिङ, गोरखा, लमजुङ, तनहुँ लगायतका क्षेत्रमा बाढी आउन सक्ने चेतावनी जारी गरेको छ । विभाग अन्तर्गत बाढी सूचना केन्द्रले साढे सात बजे सूचना निकालेर काठमाडौं, धादिङ, गोरखा, लमजुङ, तनहुँ आसपासका क्षेत्रमा भारी वर्षा मापन भएको भन्दै बाढी आउन सक्ने चेतावनी जारी गरेको हो ।
यी जिल्ला भइ बहने केही साना खहरे खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले साना नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ ।
प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार