२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

घोराही सिमेन्टको आईपीओ खुल्यो, प्रतिकित्ता ४३५ रुपैयाँ पर्ने

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले ३२ जेठ बिहीबारदेखि आईपीओ बिक्री खुला गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली र उद्योग प्रभावित क्षेत्रका स्थानियलाई आईपीओ निष्कासन गरी बिक्री नभएको र कर्मचारी तथा सामुहीक लगानी कोषहरुललाई छुट्याएर खरिद नभएको सेयर समेत थपेर सर्वसाधारण्को लागि निष्कासन खुला गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा उद्योग प्रभावित क्षेत्रका स्थानियलाई ३०० रुपैयाँ प्रिमियम थप गरेर ४०० रुपैयाँ र सर्वसाधारणलाई ३३५ रुपैयाँ प्रिमियम थप गरेर ४३५ रुपैयाँ प्रतिकित्तामा सेयर निष्कानस गर्ने अनुमति पाएको थियो । कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता सेयर निष्कासन गर्ने स्वीकृति पाएकोमा अब कर्मचरी, सामूहिक लगानी कोष, उद्योग प्रभावित क्षेत्रका स्थानिय र वैदेशिक रोजगारीमा रहेका नेपालीले नकिनेको ८ लाख ७४ हजार ३८२ कित्ता थप गरेर कुल ६९ लाख ११ हजार ६७० कित्ता सेयर सर्वसाधारणलाई प्रतिकित्ता ४३५ रुपैयाँको दरले निष्कासन खुला गरेको हो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको आईपीओमा छिटोमा ४ असारसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भने आवेदन दिने अवधि १४ असारसम्म थप हुनेछ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस