२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गोंगबुको होटलमा छिरेका युवायुवती बाहिर ननिस्किएपछि हेर्दा होटलका कामदार आत्तिनुपर्ने जे भयो

काठमाडौं । काठमाडौं गोंगबुस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन् । टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलमा युवायुवती मृतावस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलको कोठाभित्रको बाथरुममा केटा र कोठाभित्र केटी झुन्डिएको अवस्थामा फेला परेका जानकारी दिनुभयो ।

मृत्यु हुनेमा गोरखा सहिद लखन गाउँपालिका–१ घर भएका दिनेश सार्की र तनहुँ व्यास नगरपालिका–१० दमौली घर भएकी मुस्कान वयक रहेका प्रवक्ता रिजालले बताउनुभयो । बिहान होटलका कामदारले खाना खानका लागि बोलाउन जाँदा नबोलेपछि प्रहरीलाई खबर गरेर ढोका फुटाउँदा महिला कोठाभित्र र पुरुष बाथरुमभित्र चुकुल लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस