२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मेयर बालेन पत्नी सविनाले शेयर गरिन् प्रेग्नेन्सी फोटो, जुम्ल्याहा बच्चा जन्माउन दम्पती नै भारतमा

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन्द्र) दम्पत आमाबुबा बन्दैहुनुहुन्छ । बालेन पत्नी सविना काफ्लेले बुधबार इन्स्टाग्राममा आफ्ना केही तस्बिर शेयर गर्नुभएको थियो । पोष्टमा उहाँको ‘बेबी बम्प’ देखिएको छ ।

मेयर साह दम्पती जुम्ल्याहा सन्तानको बुबा–आमा बन्न लाग्नुभएको हो । विवाह गरेको पाँच वर्षपछि बालेन र उहाँकी पत्नी सविना काफ्ले पहिलोचोटी बुबा–आमा बन्न लाग्नुभएको छ । होलीमा रंग लगाउँदै गर्दाको एक टिकटक भिडियो सार्वजनिक भएपछि उहाँहरु आमाबुवा बन्न लागेको अड्कल काटिएको थियो ।

उक्त भिडियोमा सविना काफ्लेलाई रंग लगाई दिँदै गर्दा उहाँको पेटमा पनि रंग लगाइएको थियो । त्यसरी पेटमा रंग लगाएको भिडियो देखेपछि धेरैले सविना गर्भवती भएको आशंका गरेका थियो । बालेन र सविनाको २०७४ साल फागुनमा प्रेम विवाह भएको थियो । पारिवारीक स्रोतका अनुसार उहाँहरुले जुम्ल्याहा सन्तान जन्माउँदहुनुहुन्छ । मेयर दम्पती सुत्केरी गराउन अहिले भारतको अस्पतालमा जानुभएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस