
काठमाडौं । आइसीसी विश्वकप एकदिवसीय विश्वकप छनोट अघि आज नेपालले ओमानसँगको वार्मअप खेलमा उत्कृष्ट प्रर्दशन सुरुवात गरेको छ । सन्दीप लामिछाने र सोमपाल कामीको ‘ब्याक-टू-ब्याक विकेट’मा ओमान पूरा ओभर खेल्न नपाउँदै अलआउट भएको छ । अब नेपालले ब्याटिङ गर्नेछ । नेपाललाई ओमानले २६८ रनको लक्ष्यदिएको छ । जिम्बाबेको हरारेमा भइरहेको दोस्रो अभ्यास खेल नेपाली समय अनुसार दिउँसो पौन १ बजे सुरु भएको हो । नेपालले जिम्बाबे पुगेर यसअघि मंगलबार खेलेको खेलमा युएईसँग तीन विकेटले पराजित भएको थियो।
त्यसअघि दक्षिण अफ्रिकामा खेलेका दुई अभ्यास खेलमा नेपाल स्कटल्याण्ड र नेदरल्याण्डससँग पनि पराजित भएको थियो। यसरी नेपालले अभ्यास खेलमा लगातार तीन खेलमा हार बेहोरेको छ। आज जितको आशा गरिएको छ ।
खेलमा सोमपाल कामीले एक्लै पाँच विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट लिए । टीमका लागि प्रतिश जिसीले एक विकेट लिएका छन् । तीव्र गतिका बलर प्रतिश जिसीले नेपाली राष्ट्रिय क्रिकेट टिममा भर्खरै डेब्यू गरेका हुन् ।