२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विद्यालय कर्मचारीको आन्दोलनमा प्रहरीको हस्तक्षेप, ४ जना पक्राउ

protest of school staff

काठमाडौं । विद्यालय कर्मचारीहरुले बिहीबार काठमाडौं गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । तलव वृद्धिलगायतका विभिन्न माग राखेर देशभरका विद्यालय कर्मचारीले काठमाडौं केन्द्रित आन्दोलन गरेका छन् ।

नेपाल विद्यार्थी कर्मचारी परिषदको अगुवाइमा भइरहेको आन्दोलनका क्रममा बिहीबार प्रदर्शनकारीले भद्रकालीमा रिले अनसन बसेर माइतीघर मण्डला फर्किदै गर्दा बीच सडकमा बस्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो ।

त्यस क्रममा प्रहरीले सडकमै बसेर आवागमन अवरुद्ध गर्न खोजेको भन्दै ४ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई प्रहरीको सिंहदरबार वृत्तमा राखिएको छ । विद्यालयका पियन, लेखापाल लगायतका कर्मचारीले निजामती कर्मचारीसरह सेवा सुविधा आफूहरुलाई पनि दिनुपर्ने माग राख्दै आएका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस