२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दीप लामिछाने लङ्का प्रिमियर लिगमा अनुबन्ध हुन असफल

Sandeep Lamichane

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने श्रीलङ्काको लङ्का प्रिमियर लिगमा अनुबन्ध हुन असफल भएका छन् ।

चौथो संस्करणको लङ्का प्रिमियर लिगमा सन्दीपले आफ्नो मूल्य ३० हजार अमेरिकी डलर अर्थात् झण्डै ४० लाख नेपाली रुपैयाँ राखेकोमा कुनै पनि क्लबले उनलाई अनुबन्ध गरेनन् । यस संस्करणको एपीएल ३१ जुलाई अर्थात् साउन १५ गतेदेखि सुरु हुँदैछ ।

तर, सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी क्यानडामा हुने ग्लोबल टी–२० लिगमा भने अनुबन्ध भएका छन् । गएराति भएको खेलाडी ड्राफ्टमा सन्दीपलाई सुरे ज्याकवारले र दीपेन्द्रलाई मोन्टेरियल टाइगर्सले अनुबन्ध गरेका हुन् । सुरेमा सन्दीपसँगै एलेक्स हेल्स, लिन्टन कुमार दासलगायत खेलाडी रहेका छन् । दीपेन्द्र आबद्ध मोन्टेरियलमा शकिव अल हसन, आन्द्रे रसेललगायत छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ ३२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस