२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान पक्का, चिनियाँ वायुसेवा कम्पनीले उडान अनुमति पायो

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पक्का भएको छ । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले २१ जुन (६ असार) का दिन चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने गरी शुक्रबार अनुमति पाएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल जारी रहेको छ । पोखरामा हुने ‘बोट रेस’ प्रतियोगितामा भाग लिने खेलाडीहरु बोकेर सिचुवानको जहाज पोखरा अवतरण गर्नेछ । यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो अन्तर्राष्ट्रिय उडान हुनेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १ जनवरी २०२३ का दिन उद्घाटन भएको हो । त्यसयता अहिलेसम्म आन्तरिक उडान मात्र भइरहेका थिए ।

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस