२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

समाजवादी मोर्चाको नेतृत्व आलोपालो, तल्लो तहसम्म संरचना

काठमाडौं । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी सहितका दलहरु मिलेर बन्न लागेको समाजवादी मोर्चाको संगठनात्मक संरचना र सैद्धान्तिक आधार टुंगो लागेको छ ।

सहमति अनुसार, मोर्चाको नेतृत्व आलोपालो हुनेछ । ‘मोर्चामा सहभागी दलका नेताहरुले आलोपालो नेतृत्व गर्ने टुंगिएको छ, तर यसलाई अन्तिम रुप दिन बाँकी छ’, जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

 

श्रेष्ठका अनुसार, तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति जुटेको ब्रिफिङ पार्टी नेताहरुलाई दिनुभयो । ‘पार्टी अध्यक्षले मोर्चाको मोडालिटीबारे जानकारी दिनुभएको छ, अब चाँडै मोर्चा घोषणा हुन्छ’, प्रवक्ता जगनाथ खतिवडाले पुष्टि गर्नुभयो ।

आलोपालो नेतृत्व र तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको ब्रिफिङ शुक्रबारको सचिवालय बैठकमा अध्यक्ष नेपालले गर्नुभएको थियो । अध्यक्ष नेपालले दिएको जानकारी अनुसार, मोर्चाको केन्द्रीय सचिवालय बन्नेछ । यही मोडेल तल्ला कमिटीहरुमा पनि लागू हुनेछ ।

 

प्रकाशित मिति : २०८० असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस