२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मोडल मोनिका ठकुरीको मृत्यु कति सत्य ?

काठमाडौं । पछिल्लो समय चर्चाको शिखरमा रहेकी मोडल मोनिका ठकुरीको मृत्यु भन्दै पछिल्लो समयको चर्चित भिडियो प्लाटफर्म टिकटकमा खुबै भाइरल भइरहेको छ । तर यो खबरको सत्यता पारिवारीक रुपमा पुष्टि भएको छैन । चर्चित शो क्यूपिडकी चर्चित सहभागी मोनिकाले आफूले आफूलाई मुनको रुपमा चिनाउन थालेकी थिइन् ।

टिकटकमा उनी ह्वात्तै छाएकी थिइन् । आकर्षक वनावट र उत्कृष्ट बोलीका कारण उनी नेपाली मिडियामापनि दैनिक अन्तर्वार्ता दिन थालेकी थिइन् । मिडियालेपनि खोजी रहेका थिए । उत्कृष्ट टिकटक क्रियटरको रुपमा आफूलाई चिनाइ सकेकी थिइन् ।

उनको सन्दरताप्रति लोभिएर फ्यानहरु ह्वात्तै बढेका थिए । तर उनले अल्पआयुमा नै जीवन त्याग गरिन् भनेर भिडियोहरु आइरहेका छन् । यो सत्यता हो या होइन भनेर धेरैले पत्याइरहेका छैनन् । उनी पछिल्लो समय डिप्रेशनको शिकार भएकोपनि भनिएको छ । यद्यपी आत्महत्याको पुष्टि भएको छैन । कारणपनि खुलेको छैन ।

प्रकाशित मिति : २०८० असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस