२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जापानमा बलात्कार सम्बन्धी कानुन परिमार्जन : सहमतिमा यौन सम्बन्ध राख्ने उमेर बढाएर १६ वर्ष कायम

काठमाडौं । जापानले बलात्कारसम्बन्धी परिभाषा परिवर्तन गर्दै सहमतिमा यौन सम्बन्धको उमेर हद बढाएको छ । कानुनी रुपमा यौन सम्बन्धका लागि सहमतिको उमेर १३ वर्षबाट बढाएर १६ वर्ष पुर्‍याइएको बीबीसीले जनाएको छ । यसअघि सन् १९०७ मा कानुन बनेपछि सहमतिको उमेर १३ वर्ष कायम गरिएको थियो ।

जापानको संसद्को माथिल्लो सदनले हिजो नयाँ कानुन पारित गरेको हो । यसका साथै बलात्कारसम्बन्धी उजुरी दर्ता गर्ने समयावधि पनि १० वर्षबाट १५ वर्ष पुर्याइएको छ । अर्थात् अपराध भएको १५ वर्षपछि पनि पीडितले उजुरी दर्ता गर्न सक्नेछन् । रिपोर्ट अनुसार सन् २०२२ मा जापानमा १ लाख ७ हजार बलात्कारका घटना दर्ता भएका थिए ।

प्रकाशित मिति : २०८० असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस