२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

जिम्बावेसँग नेपाल ८ विकेटले पराजित

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपाल घरेलु टिम जिम्बावेसँग ८ विकेटले पराजित भएको छ । नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बावेले ४१.१ ओभरमा पूरा गर्यो ।

नेपालका लागि गुल्झन झाले दोस्रो विकेट लिएका हुन्। उनले जिम्बावेका माधेवेरेलाई ३२ रनमा दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराए। त्यतिबेला जिम्बावेको २३.२ ओभरमा १२७ रन थियो। सोमपाल कामीले पहिलो विकेट लिए। सोमपालले जिम्बावेका ओपनर जोएलर्डलाई २५ रनमा एलबिडब्लूको धरापमा पारे। त्यसपछि नेपालले कुनै विकेट लिन सकेन ।

 

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस