२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रामायणमा आधारित फिल्म ‘आदिपुरुष’ का लेखकले भने नेपाल भारतकै अंश थियो यसैले जानकी भारतकै

balen aadipurush

काठमाडौं । रामायणमा आधारित फिल्म ‘आदिपुरुष’ का लेखक तथा गीतकार मनोज मुन्तशिरले आजतकसँगको अन्तर्वार्तामा सन् १९०३ अघि नेपाल भारतकै अंश रहेको दावी गरेका छन् । यसैले जानकी भारतकै भएको विवादित बयान दिएपछि अहिले परिस्थिति झन् गिजोलिएको छ ।

मुन्तशिरको बयान र जानकी भारतीय छोरी भएको संवादको पृष्ठभूमिमा काठमाडौंका मेयर बालेन (बालेन्द्र) साहले सोमबारदेखि महानगर क्षेत्रभित्र भारतीय फिल्मलाई निषेध गर्ने घोषणा गरेका छन् । बालेनले गरेको घोषणाको मसी नसुक्दै फिल्मको तालुकदार निकाय संचार मन्त्रालयले घुमाउरो ढंगले बालेनलाई काउन्टर दिन खोजेको छ ।

मन्त्रालयले सेन्सर पास भइसकेको फिल्मलाई लिएर आपत्ति व्यक्त गर्ने कार्यमाथि प्रश्न गरेको छ । यो रस्साकस्सीको एकातिर सिंहदरबार र बागदरबारबीचको लडाइ देखिन्छ भने अर्कोतिर बालेन र भारतबीचको । यी शब्द लेखिरहँदा बालेनको निर्देशनमा काठमाडौंका सबै हलमा पुगेर नगर प्रहरीले भारतीय फिल्म नचलाउन चेतावनी दिइरहेका छन् । यसले बालेनको राष्ट्रभक्तिलाई देशकै सिंहदरबारले चुनौती देला त ? प्रश्न जटिल छ ।

 

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस