२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

विश्वकप छनोटमा नेपालविरुद्ध जिम्बावेका दुई ब्याटरले शतक प्रहार गरे

Craig Ervine Sean Williams

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ। आइतबार भएको खेलमा नेपाललाई घरेलु टिम जिम्बावेले ८ विकेटले पराजित गरेको हो।

नेपालले दिएको २९१ रनको लक्ष्य जिम्बावेले ४४.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। जिम्बावेको जितमा दुई ब्याटरले शतक प्रहार गरे। क्राग इर्भिन र सिन विलियम्सले शतक प्रहार गरे। इर्भिनले नटआउट १२१ रन र विलियन्सले नटआउट १०२ रन जोडे। त्यसअघि ओपनर जोएलर्ड २५ रन र माधेवेरे ३२ रन जोडे। बलिङमा नेपालका सोमपाल कामी र गुल्सन झाले १–१ विकेट लिए।

 

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस