२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओडीआई क्रिकेटको ओपनिङमा नेपालको कीर्तिमानी साझेदारी : कुशल भुर्तेल शतक बनाउन एक रनले चुके

काठमाडौं । नेपालले ओडीआई क्रिकेटमा पहिलो विकेटका लागि कीर्तिमानी साझेदारी गरेको छ । जिम्बाव्वे विरुद्ध विश्वकप छनोटको पहिलो खेलमा ओपनर कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको साझेदारी गर्दै ओपनिङमा नेपालका लागि अहिलेसम्मको सर्वाधिक साझेदारी गरेका हुन् । कुशल भुर्तेल ९९ रन बनाए भने आसिफ शेखले ६५ रन बनाए । शतक बनाउन भुर्तेल एक रनले चुके भने, आसिफ शेख ६५ रन बनाएर क्रिजमा टिकिरहेका छन् ।

 

उनीहरुले यसअघि आफ्नै नाममा रहेको कीर्तिमान सुधार गरे । यही जोडीले यसअघि २०२२ जुनमा लिग टु मा ओमान विरुद्ध अमेरिकामा ११४ रनको साझेदारी गरेका थिए ।

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस