२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

चेन अफ कमाण्डमा कोही छैन, आफ्नै हाकिमविरुद्ध मनपरी लेख्नेलाई त पनि कारबाही हुन्न : अख्तियार प्रमुख राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले कर्मचारीतन्त्रमा चेन अफ कमाण्ड नरहेको गुनासो गर्नुभएको छ ।

आइतबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले जसलाई जे मन लाग्छ त्यही गरेको र कसैप्रति जवाफदेही हुनुपर्छ भन्ने नदेखिएको टिप्पणी गर्नुभयो ।

‘हामी सबैले सबैलाई जे गर्दा पनि हुन्छ भन्ने हिसाबमा छुट दियौं । जहाँ पनि, जसले जे गर्दा पनि ठीक छ कारबाही नगर्ने । कर्मचारीले मनपरी कार्य गर्छ फेसबुकमा । सोसल मिडियामा आफ्नै हाकिमको विरुद्धमा मनपरी लेख्छ । त्यो कर्मचारीलाई कारबाही गर्ने हिम्मत हामीमा छैन, तर कानूनमा छ’, उहाँले भन्नुभयो ।

अख्तियार प्रमुख राईले तत्कालिन कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइका क्रममा बहालवाला जिल्ला न्यायाधीशले उजुरी दिएको, सामाजिक सञ्जालमा उहाँका विरुद्ध लेखेको घटनाको उदाहरण दिनुभयो ।

 

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस