२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पहिरोमा फसेकी ९ वर्षीया बालिकाको उद्धार, पाँच जना अझै बेपत्ता

फिदिम । पहिरोले घर पुर्दा बेपत्ता भएकी पाँचथर फालेलुङ –३ की जुना सावदेनको उद्धार गरिएको छ ।

फालेलुङ –३ खोलाघारीका मनप्रसाद राईकी नौ वर्षीया नातिनी जुना सावदेनको आइतबार बिहान उद्धार गरिएको हो। सावदेनलाई स्थानीय बासिन्दाले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले बताउनुभयो ।

मध्य राती घर माथिबाट आएको पहिरोले घर पुर्दा सावदेन पुरिनु भएको थियो । पहिरो आएको थाहा पाएपछि उहाँका हजुरबा मनप्रसाद र हजुरआमा भागेर ज्यान बचाउन सफल भए पनि सुतिरहेकी जुना पहिरोमा फस्नुभएको थियो ।

अविरल वर्षासँगै आएको बाढीमा पर्दा फिदिम नगरपालिका –४ हेवा खोला र माझिटार क्षेत्रका ५ जना बेपत्ता छन् । उहाँहरूलाई बाढीले बगाएको आशङ्का गरिएको पाँचथरका प्रहरी नायव उपरीक्षक खतिवडाले जानकारी दिनुभयो ।

मध्यरातमा आएको बाढीले हिलिहाङ, याङवरक, फिदिम र फालेलुङमा दर्जन बढी पुल र संरचना बगाएको छ ।

 

प्रकाशित मिति : २०८० असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस