२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मनोहरामा दिसाजन्य फोहोर फाल्नेलाई ५० हजार जरिवाना

काठमाडौं । उपत्यकाका विभिन्न ठाउँको सेफ्टी ट्यांकी सफा गरी जम्मा गरेको दिसाजन्य फोहोर ल्याएर ललितपुर महानगरपालिकाको च्यासलस्थित मनोहरा खोलामा फाल्ने दुईवटा कन्टेनरलाई महानगरले ५० हजार जरिवाना गरेको छ । बा.३ख २८० र बा.३ख ९४०३ नम्बरको कन्टेनरलाई महानगरले दण्ड–जरिवाना तिराएको हो ।

महानगरको फोहोर व्यवस्थापन ऐन, ०७५ अनुसार जरिवाना तिराइएको महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेथूले जानकारी दिनुभयो । २४ जेठमा नगर प्रहरीले कन्टेनर नियन्त्रणमा लिएको थियो । दुर्गेश तामाङले खोलामा फोहोर फालेर पैसा उठाउँदै आएको जानकारी पाएपछि नगर प्रहरीको टोलीले कारबाही गरेको हो ।

फोहोर फाल्न तामाङले खोलाको नजिकै बाँस पाइने ठाउँ भनेर बोर्ड राखी त्यसको भित्रपट्टिबाट ढल पाइप हुँदै फोहोर खोलामा मिसाउँदै आएका थिए । त्यसबापत प्रतिकन्टेनर पाँच सय रुपैयाँ लिएर तामाङले खोलामा सेफ्टी ट्यांकीको फोहोर फाल्न दिने गरेको हाछेथूले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०८० असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस