२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंपछि पोखरा महानगरपालिकामा पनि भारतीय चलचित्र प्रदर्शनमा रोक

काठमाडौं । पोखरा महानगरपालिकाले पनि आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ।

भारतीय चलचित्र ‘आदिपुरुष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक सन्देश नहटाएसम्म भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाएको महानगरपालिकाले जनाएको छ ।

पोखरा महानगरका मेय धनराज आचार्यले महानगर भित्रका हललाई भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउन पत्राचार गर्नु भएको हो । यसअघि काठमाण्डौ महानगरपालिकाले आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको थियो।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनअनुसार आजदेखि भारतीय चलचित्र प्रदर्शनमा रोक लागेको हो । आपत्तिजनक सन्देश नहटाएसम्म भारतीय सिनेमा प्रदर्शनमा रोक लगाउने महानगरपालिकाले जनाएको छ।

 

प्रकाशित मिति : २०८० असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस