२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ओलीपछिको जिम्मेवारीमा वामदेवको दाबी

काठमाडौं । एमाले प्रवेशको तयारीमा रहनुभएका राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयताको जिम्मेवारीमा दाबी गर्नुभएको छ  । एमाले प्रवेशको तयारीमा रहनुभएका गौतमले आइतबार ओलीलाई भेटेर पार्टीमा दोस्रो वरीयतामा रहने गरी जिम्मेवारी माग्नुभएको हो । हाल एमालेमा ओलीपछिको वरीयतामा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल हुनुहुन्छ ।

एमालेले पार्टीको कार्यकारी पदमा ७० वर्षे उमेरहद हटाएर आफूलाई प्रवेशका लागि सहज बनाएकोमा धन्यवाद दिँदै गौतमले अर्को निर्वाचनमा ६० लाख मत ल्याउने गरी पार्टीमा क्रियाशील हुने महत्वाकांक्षी प्रस्तावसमेत ओलीसँग राख्नुभयो । ओली–गौतमबीच एमाले केन्द्रीय कार्यालय च्यासलमा करिब दुई घन्टा लामो छलफल भएको थियो । छलफलमा उपाध्यक्ष विष्णु पौडेल, कार्यवाहक महासचिव प्रदीप ज्ञवाली र उपमहासचिव विष्णु रिमाल पनि सहभागी हुनुहुन्थ्यो ।

‘पार्टीमा सबभन्दा ठूलो जिम्मेवारी कसको छ, त्यसभन्दा कम जिम्मेवारी पाउने गरी मलाई जिम्मेवारी नदिनुहोला । बिहान उठेदेखि बेलुका सुत्दासम्मको अवधिमा मैले काम गर्न पाउनुपर्छ, त्यस्तो जिम्मेवारी दिनुस् भनेको छु,’ एमाले कार्यालयबाट बाहिरिने क्रममा गौतमले सञ्चारकर्मीहरूसँग भन्नुभयो, ‘केही विचार छन्, लेखेर दिएको छु । म आइसकेपछि आगामी निर्वाचनमा ६० लाख मत ल्याउने गरी अगाडि बढ्नुपर्छ भन्ने प्रस्ताव राखेको छु ।’

 

प्रकाशित मिति : २०८० असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस