२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मधेशका पूर्वमन्त्रीको बालेनमाथि तुच्छ टिप्पणीसहित आक्रमण, सीता नेपालकी चेली नभइ भारतकै भएको दावी

जनकपुरधाम । भारतीय फिल्म ‘आदिपुरुष’ माथिको विवादलाई लिएर मधेश प्रदेशका एक पूर्व मन्त्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन (बालेन्द्र) साहमाथि तुच्छ टिप्पणीसहित आक्रमण गरेका छन् । उनले सीता नेपालकी चेली नभएको टिप्पणीसमेत गरेका छन् ।

मधेश प्रदेशका पूर्व पर्यटन राज्यमन्त्री सुरेश मण्डलले यस्तो पोष्ट सामाजिक सञ्जालमा नै गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्– सीता नेपाली चेली थिएन । त्रेता युगमा वर्तमान नेपालको अस्तित्व पनि थिएन । उनी मिथिलाका राजा जनककी छोरी थिइन् । प्राचीन मिथिला हाल नेपाल र भारत दुबैमा पर्दछ ।

रामायण ग्रन्थका अनुसार सीताको जन्म सितामढी (त्रेतायुगीन मिथिला र हाल भारतको बिहार राज्य) तथा पालन पोषण मात्रै (त्रेताकालीन मिथिलाको राजधानी जनकपुरधाम र हाल नेपालको मधेश प्रदेश) मा भएको उनको दाबी छ ।

जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य समेत रहेका मण्डलले मेयर बालेनले हिन्दी फिल्मको प्रदर्शनमा रोक लगाएकोमा पनि आक्रोश पोखेका छन् । उनले लेखेका छन्– काठमाडौंका मेयर बालेन साहले आफूलाई मधेशी नलिइदिन र खाँटी दरबारिया राष्ट्रवादी साबित गर्न हिन्दी सिनेमा बन्दको नाटक मञ्चन गरिरहेको छ ।

 

प्रकाशित मिति : २०८० असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस