२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अत्यन्तै दुःखद : नेपालकै उत्कृष्ट ह्याण्ड राइटिङको उपाधि पाएकी बालिकाको निधन

काठमाडौं । नेपालका लागि अपुरणीय क्षति भएको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा नं. ३ घ्याङ निवासी कृष्णकुमार थोकर तामाङकी छोरी नेपालमा नै उत्कृष्ट अंग्रेजी भाषाको हस्तलिखितमा नाम कमाउन सफल जेहेन्दार विद्यार्थी सदिक्षा थोकर तामाङको निधन भएको छ ।

शैलुङ रिगसुम गुम्बा सेवा समाज काठमाडौं महानगरपालिका वडा नम्बर ६ काठमाडौंका महासचिव समाजसेवी एवं धार्मिक व्यक्तित्व थोकरकी अति जेहेन्दार विद्यार्थीको बेलायतमा उपचारको क्रममा असमायिक निधन भएको हो । यस दुखद घडीमा हामी अति दुःखी छौ ।

यस दुःखद घडीमा मृतकको आत्मा चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौ।

प्रकाशित मिति : २०८० असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस