२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बलात्कार पीडित किशोरीलाई उल्टै ३ वर्ष कैद सजाय सुनाइएको फैसला उच्च अदालतले उल्ट्यायो

काठमाडौं । बलात्कारसँग सम्बन्धी मुद्दामा बयान फेरेको भन्दै एक किशोरीलाई साढे ३ वर्ष कैद सुनाउने जिल्ला अदालत अछामको फैसलालाई उच्च अदालत दिपायलले उल्ट्याएको छ ।

उच्च अदालतले आरोपितले सफाइ पाउने जिल्ला अदालतको फैसलालाई सदर गरेपछि पीडित किशोरीलाई सजाय गर्ने जिल्ला अदालतको राय उल्ट्याएको हो ।

 

१० फागुन २०७८ मा आफूमाथि बलात्कार भएको भन्दै अछाम कमलबजारकी १९ वर्षीया एक किशोरीले प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसका आधारमा जिल्ला अदालतमा मुद्दा चलेको थियो ।

अदालतमा भने ती किशोरीले आफूमाथि बलात्कार नभएको भन्दै बयान गरेकी थिइन् । बयान फेरेको भन्दै जिल्ला न्यायाधीश नवीनकुमार जोशीले किशोरीलाई साढे ३ वर्ष कैद सजाय सुनाएका थिए । विवादास्पद फैसलापछि उनी सर्वोच्चमा तानिएका थिए ।

त्यही फैसला विरुद्ध परेको पुनरावेदनमा उच्च अदालतका न्यायाधीशहरु देशबहादुर सार्की र गणेश ठाकुरको इजलासले पीडितमाथिको सजाय उल्ट्याएको हो ।

प्रकाशित मिति : २०८० असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस