२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंका हलहरूले रोके हिन्दी फिल्मको प्रदर्शन, खाली नै छोडे हल

काठमाडौं । काठमाडौं उपत्यकाका हलहरुले हिन्दी फिल्मको प्रदर्शन रोकेका छन्। काठमाडौं महानगरका मेयर बालेन शाहले ‘आदिपुरुष’ मा समावेश जानकी भारतकी छोरी हुन् भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने निर्णय गरेपछि हलवालाहरुले सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोकेका हुन्।

महानगरको आदेशलाई मान्दै आफूहरुले हिन्दी फिल्मको प्रदर्शन रोकेको बिगमुभिजका सञ्चालक दीपेश शर्माले बताउनुभयो ।

‘आजदेखि हामीले हिन्दी फिल्मको प्रदर्शन रोकेका छौं। फिल्ममा समावेशी आपत्तिजनक शब्द नेपालबाट हटाइसकेको थियो। भारतमा पनि उक्त संवाद हटाउने पहल भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘हामीले महानगरको निर्णयलाई मान्नुपर्छ। तर कहिलेसम्म हिन्दी फिल्मको प्रदर्शन रोक्ने भन्ने निर्णय भएको छैन।’

हिजो मेयर बालेनले सोमबारदेखि महानगरमा हिन्दी फिल्म प्रदर्शनमा रोक लगाउने घोषणा गर्नुभएको थियो । गतबिहीबार उहाँले तीन दिनभित्र विवादित संवाद भारतबाटै नसच्यासम्म कुनै पनि हिन्दी फिल्म प्रदर्शन गर्न नदिने बताउनुभएको थियो ।

ओम राउतले निर्देशन गरेको फिल्ममा प्रभास रामको भूमिकामा देखिएका छन् भने कृति सेनन सीताको भूमिकामा देखिएकी छन्। सैफ अली खान रावणको भूमिकामा देखिएका छन्। यो रामायण कथामा आधारित भएर निर्माण गरिएको छ जसमा असत्यमाथि सत्यको विजय देखाइनेछ।

 

प्रकाशित मिति : २०८० असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस