२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकाविरुद्ध कुशल भुर्तेल र आसिफ सेख ओपनर, आजपनि चम्किने संकेत

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा नेपालले अमेरिकाविरुद्ध ब्याटिङ सुरु गरेको छ । कुशल भुर्तेल र आसिफ सेख ओपनरको रुपमा मैदानमा छन् । जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा टस जितेर बलिङ रोजेको नेपालले अमेरिकालाई ४९ ओभरमा अलआउट गरिदिएको छ । नेपालले अहिले २०८ रनको लक्ष्य पछ्याइरहेको छ ।

यसअघि जिम्बाबेविरुद्धको खेलमा नेपाली टिमका ओपनर ब्याटर कुशल भुर्तेल ९९ रनमा आउट भएका थिए । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा उनले ९६ बलमा ९९ रन बनाएका थिए ।

कुशलले १३ चौका हान्दा २ छक्का प्रहार गरे । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट राष्ट्रविरुद्ध अर्धशतक बनाउने पहिलो ब्याटर बने । १ रनअगावै उनी शतक बनाउनबाट जिम्बावेका विलिंटन बाधक बने । एकदिवसीय क्रिकेटमा कुशलको यो छैटौं अर्धशतक हो ।

उनीसँगै मैदानमा आएका आसिफ सेख १०० बलमा ६६ रन ल्याउँदै आउट भएका थिए । आसिफलाई राइन बुल्लुरलले क्याचआउट गरेका थिए । आजपनि यी दुई ओपनरको साझेदारी चम्किने संकेत देखिएको छ । ब्याट पक्रिए लगत्तै छक्का प्रहार गर्न थालिसकेका छन् ।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस