२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नागरिकताको माग राखेर प्रदर्शन गर्दागर्दै बेहोस

काठमाडौं। नागरिकताको माग गर्दै काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका एक युवा बेहोस हुनुभएको छ ।

नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा गरेको प्रदर्शनमा सहभागी एक युवा बेहोस हुनुभएको हो । उहाँलाई उपचारका लागि अस्पताल लगिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै प्रदर्शन भएको हो । निषेधित क्षेत्रमा प्रदर्शन गरिएको भन्दै प्रहरीले बल प्रयोग पनि गरेको छ ।

राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकमा जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था छ । तर उक्त व्यवस्था कार्यान्वयन नहुँदा जन्मका आधारमा नेपाली नागरिकता लिएकाहरुका सन्तान नागरिकताविहीन छन् ।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस