२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अब केही समयपछि विश्व कप छनोटमा नेपालले अमेरिकासँग खेल्दै, कसले जित्ला ?

काठमाडौं । आईसीसी एकदिवसीय विश्व कप छनोटमा नेपालले आज (मङ्गलवार) अमेरिकासँग खेल्दैछ । नेपाल र अमेरिकाबीचको खेल नेपाली समयअनुसार दिउँसो पौने १ बजे हरारेको टाकासिंगा स्पोर्ट्स क्लबमा हुनेछ ।

आजको खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् । नेपाल र अमेरिका दुवैले आफ्नो पहिलो खेलमा हार बेहोरेका छन् । नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो भने अमेरिका वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

यस्तै अर्को खेलमा जिम्बावे र नेदरल्यान्ड्स खेल्दैछन् । यी दुईबीचको खेल पनि दिउँसो पौने १ बजे हरारे स्पोर्ट्स क्लबमा हुनेछ । विश्व कप छनोटमा नेपाल रहेको समूह ुएु मा जिम्बाब्वेसँगै वेस्ट इन्डिज, अमेरिका र नेदरल्याण्ड्स रहेका छन् । नेपालभन्दा निकै बलिया देश भएकाले नेपाललाई पछिल्लो समयको उत्कृष्ट लय कायमै राख्न मुख्य चुनौती छ ।

समूह बी मा आयरल्यान्ड, श्रीलङ्का, यूएई, स्कटल्यान्ड र ओमान छन् । दुवै समूहका शीर्ष तीन टोली ’सुपर सिक्स’ मा पुग्नेछन् । ‘सुपर सिक्स’ मा अर्को समूहबाट आउने तीन टोलीसँग प्रतिस्पर्धा हुनेछ । त्यसपछि शीर्ष दुई टोलीले आउँदो अक्टोबरमा हुने विश्व कपमा स्थान बनाउनेछन् ।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस