२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकाविरुद्ध नेपाललाई पहिलो झड्का

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोटमा अमेरिकाविरुद्ध ब्याटिङ सुरु गरेको नेपाललाई पहिलो झड्का लागेको छ । ओपनरको रुपमा मैदानमा आएका आसिफ सेख आउट भएका छन् । १६ बलमा १२ रन जोड्दै आसिफ एलबीडब्लू फर्किए । अर्का ओपनर कुशल भुर्तेल क्रिजमा छन् । जिम्बावेको राजधानी हरारेस्थित ताकासिंगा क्रिकेट क्लबमा टस जितेर बलिङ रोजेको नेपालले अमेरिकालाई ४९ ओभरमा अलआउट गरिदिएको थियो । नेपालले अहिले २०८ रनको लक्ष्य पछ्याइरहेको छ ।

यसअघि जिम्बाबेविरुद्धको खेलमा नेपाली टिमका ओपनर ब्याटर कुशल भुर्तेल ९९ रनमा आउट भएका थिए । आईसीसी विश्वकप छनोटको पहिलो खेलमा उनले ९६ बलमा ९९ रन बनाएका थिए ।

कुशलले १३ चौका हान्दा २ छक्का प्रहार गरे । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट राष्ट्रविरुद्ध अर्धशतक बनाउने पहिलो ब्याटर बने । १ रनअगावै उनी शतक बनाउनबाट जिम्बावेका विलिंटन बाधक बने । एकदिवसीय क्रिकेटमा कुशलको यो छैटौं अर्धशतक हो ।

उनीसँगै मैदानमा आएका आसिफ सेख १०० बलमा ६६ रन ल्याउँदै आउट भएका थिए । आज आसिफ भने लामो समय टिक्न सकेनन् ।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस