२०८१ साउन ११ गते शुक्रवार | 2024 July 26th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालको चौथो विकेट झर्यो

काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह बीमा अमेरिकाविरुद्ध दुई सय आठ रनको लक्ष्य पछ्याइरहेको नेपालका चार विकेट झरेका छन् । दुवै ओपनरसहित कप्तान रोहित पौडेल र कुशल मल्ल पभिलियन फर्केका छन्।

कुशल भुर्तेलसँग ओपनिङमा उत्रिएका आसिफ शेख १६ बलमा १२ रन जोडेर सौरभ नेत्राभल्करको बलमा एलबडीडब्लूको शिकार भएका थिए।

कुशल १७औं ओभरमा नोस्थुस केन्जिगेको बलमा कट एन्ड बोल्ड भए। तेस्रो विकेटका लागि भीम सार्कीसँग ३८ रनको साझेदारी गरेका रोहित २९ बलमा १६रन जोडेर निसराग पटेलको बलमा जसदीप सिंहको हातबाट क्याच भए। चौथो विकेटको रुपमा कुशल मल्ल मात्र एक रनमा आउट भए ।

पहिलो इनिङमा सयान जहानगिरको अविजित शतकप्रेरित अमेरिकाले नेपाललाई दुई सय आठ रनको लक्ष्य दिएको थियो। जिम्बाब्वेको तकासिङ्घा स्पोर्ट्स क्लबमा टस हारेर ब्याटिङ थालेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर दुई सय सात रनको योगफल तयार गर्यो।

अमेरिकाका लागि सातौं नम्बरमा क्रिजमा उत्रिएका जहानगिरले ७९ बलमा १० चौका र तीन छक्कासहित १०० रन पूरा गरे। नेपाली बलिङसामू सघर्षरत अमेरिकाका लागि जहागिर संकटमोचक साबित भए। ओपनर सुशान्त मोदानीले ४२ बाहेक अन्य अमेरिकी ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।

नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चेर तीन मेडनसहित सर्वाधिक चार विकेट लिए। यस्तै, गुल्शन झाले १० ओभरमा ५२ रन खर्चेर तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिए। ललित राजवंशीले पनि एक अमेरिकी ब्याटरलाई पभिलियन फर्काउँदा सन्दीप लामिछानो विकेटविहीन रहे। आइतबार देखि सुरु भएको विश्वकप छनोटको पहिलो खेलमा नेपाल जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको थियो। आज दुई सय आठ रनको लक्ष्य पूरा गर्न सके नेपालले प्रतियोगितामा पहिलो जित निकाल्ने छ।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस