२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

समाजवादी मोर्चा नेपाली राजनीतिको नयाँ मोड : महासचिव विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले समाजवादी मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित ुसमाजवादी मोर्चा नेपालु घोषणा कार्यक्रममा महासचिव चन्दले मोर्चा निर्माण नेपाली राजनीतिको लागि नयाँ मोड भएको बताउनुभएको हो । उहाँले सरकारमा भएको र सङ्घर्षमा रहेको पार्टीको बीचमा मोर्चा बन्नु नेपालको इतिहासकै नयाँ प्रयोग भएको बताउनुभयो । देशको राजनीति अत्याशलाग्दो परिस्थितिमा गुज्रिएको भन्दै देशलाई त्यसबाट मुक्त पार्नका लागि समाजवादी मोर्चा बनेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘समाजवादी मोर्चा नेपाली राजनीतिको एउटा नयाँ मोड हो । नयाँ प्रयोग हो यो । सरकारमा भएको पार्टी र सङ्घर्ष गरिरहेको पार्टी यो मोर्चामा छ । नेपालको इतिहासमा एउटा संयोग बन्न आइपुगेको छ । सात बुँदे घोषणापत्र लिएर तपाईँहरूको बीचमा उपस्थित भएका छौँ । पूर्ण आत्मविश्वासका साथ हामीले दाबी गरेका छौँ, यो देशको नेतृत्व अग्रगामीहरूले गर्ने हो । यो देशको नेतृत्व समाजवादी मोर्चाले गर्ने हो ।’

महासचिव विप्लवले देशमा नयाँ पुस्तालाई निराश बनाएर नेपालको अस्मिता लुट्ने कोसिस भएको बताउनुभयो । उहाँले युवा पुस्तालाई बेचैन बनाएर गलत बाटोमा भड्काउने, कुलतमा फसाउने पनि कोसिस भइरहेको भन्दै सचेत गराउनुभयो ।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस