२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सुदूरपश्चिमका मन्त्री सिंहसहितको टोली चढेको गाडी दुर्घटना, हेलिकप्टरमा काठमाडौं लैजाने तयारी

धनगढी । सुदूरपश्चिम प्रदेशका कानून मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी बझाङमा दुर्घटना भएको छ । दुर्घटनामा ५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

डडेल्धुराबाट चैनपुरतर्फ गइरहेको गाडी केदारस्युँ गाउँपालिका १ मा दुर्घटना भएको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाडीमा सवार मन्त्री सिंहसहित उहाँकी श्रीमती अमृता सिंह, भाउजु जयादेवी सिंह, पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशी घाइते हुनुभएको छ ।

उहाँहरुको उद्दार गरेर उपचारका लागि केदारस्युँ गाउँपालिका–१ देउरास्थित ऋृतु पोलिक्लिनिकमा लगिएको छ । उहाँहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ लैजाने तयारी रहेको बझाङकी सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस