२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मोडल मोनिका ठकुरीका बुबा–आमाले रुदै हात जोडेर भने, क्रिपया गलत कमेण्ट नगरिदिनुहोला

काठमाडौं । पछिल्लो समय चर्चाको शिखरमा पुगेकी मोडल मोनिका ठकुरीले कलिलो उमेरमा नै अकल्पनीय मृत्युको बाटो रोजिन् । पछिल्लो समयको चर्चित भिडियो प्लाटफर्म टिकटकमा खुबै भाइरल भएकी उनले आत्महत्या गरिन् । चर्चाको शिखरमा पुग्दै गर्दा मात्र १९ बर्षकी मोनिकाले किन देह-त्याग गरिन् ! अहिलेसम्म परिवारले समेत थाहा पाउन सकेको छैन ।

१९ बर्षकी कलिली छोरी आफ्नै हातले जलाउनुपर्दा आफूपनि मृत्युको मुखमा पुगेको उनका बुबाले भक्कानिदै सुनाए । चर्चित शो क्यूपिडकी चर्चित सहभागी मोनिकाले आफूले, आफूलाई मुनको रुपमा चिनाउन थालेकी थिइन् ।

टिकटकमा उनी ह्वात्तै छाएकी थिइन् । आकर्षक वनावट र उत्कृष्ट बोलीका कारण उनी नेपाली मिडियामापनि दैनिक अन्तर्वार्ता दिन थालेकी थिइन् । मिडियालेपनि खोजी रहेका थिए । उत्कृष्ट टिकटक क्रियटरको रुपमा आफूलाई चिनाइ सकेकी थिइन् ।

उनको सन्दरताप्रति लोभिएर फ्यानहरु ह्वात्तै बढेका थिए । तर उनले अल्पआयुमा नै जीवन-त्याग गरिन् । उनले आत्महत्या गरेको पुष्टि परिवारले गरेको छ । तर मृत्युको बाटो रोज्नुपर्ने कारण के थियो ? भन्ने अझै खुलेको छैन ।

उनको मोबाइल ल्याब परिक्षण सहित सुष्म अध्ययन र पोष्ट मार्टम रिपोर्ट नआएसम्म यसै भन्न नसकिने प्रहरीको भनाई छ । छोरी गुमाएको पाँचौ दिनमा मुनका बुबा र आमाले मिडिया मार्फत मृत्यु भइसकेकी छोरीका बारेमा अनेकौँ आँकलन गरेर कमेण्ट र भिडियोहरु नबनाउँन आग्रह गरेका छन् ।

१९/२० बर्षकी छोरी गुमाउँदा आफूलाई कति पीडा छ भन्ने कुरा बुझिदिन उनीहरुले आग्रह गरेका छन् । उनकी आमाले भनिन् । जीवित हुँदापनि राम्रा कमेण्ट गरिदिनुभएन । कहिले मुर्रा, कहिले भैसी अनेकौं कमेण्टबाट आफूलाई कमजोर बनाउने गर्थिन् । अहिले कसैले प्रेममा धोका, घरबाट विवाह गर्न नदिएर अनेकौं अड्कल गरेर भिडियो बनाउँनुभएको छ । त्यस्तो केही थिएन । हामीलाई थाहा नभएको कुरा तपाइहरुलाई थाहा हुन्न । यसो नगरिदिनुहोला ।

प्रकाशित मिति : २०८० असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस