२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संशोधन नभई बजेट पास हुँदैनः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य उपेन्द्र यादवले सरकारले गठबन्धनमा रहेका दलहरुबीच छलफल नै नगरी एकलौटी ढंगले बजेट ल्याएको आरोप लगाउनुभयो । आज (बिहीबार) पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उहाँले बजेट यथास्थितिमा पास हुन नसक्ने बताउनुभयो ।

‘अहिलेको बजेटमा एकलौटी ढंगले गठबन्धनमा रहेका दलहरुसँग छलफल नै नगरी यो बजेट ल्याइएको छ । बजेटले मधेश लगायत धेरै क्षेत्रलाई उपेक्षा गरेको छ । त्यसकारण यसलाई सच्याउनु पर्छ, सुधार गर्न पर्छ भनेर हामीले भनेका छौं । यथास्थितिमा यो बजेट पास हुन कठिन छ,’– उहाँले भन्नुभयो ।

बजेटमा न्यायोचित वितरण नभएको र यसले चालु रहेका योजनासमेतलाई असर पुर्याएको उहाँको भनाई छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत बजेट संशोधनका लागि सहमत भइसकेको उहाँले बताउनुभयो ।

‘यो बजेटमा न्यायोचित वितरण भएन र देशमा चालु रहेका योजनाहरु समेतलाई अवरोध हुने गरी ल्याइएको छ । प्रधानमन्त्रीजीले पनि यसलाई सच्याउने भन्नु भएको हुनाले सच्चिएर अगाडि बढ्छ,’– उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस